News Category 2072/10/18

कर छलेर ल्याउँदै गरेको पाँच किलो चाँदीसहित दुई पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ माघ । 
नेपाल–भारतको सप्तरी सीमा क्षेत्रबाट प्रहरीले आईतवार पाँच किलो कर छलि ल्याउँदै गरेको चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनरुप नगरपालिका ४ का २५ वर्षिय शम्भु स्वर्णकार र वडा नम्बर ७ का १९ वर्षिय सागर परियार रहेका छन् ।
सप्तरीको तिलाठीस्थित सीमावर्ती क्षेत्रमा चेकजाँचमा खटिएका नेपाल र सशस्त्र प्रहरीको संयुक्त गस्ति टोलीले दुबै जनालाई करिब तिन लाख पचास हजार मुल्य बराबरको पाँच किलो चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।  
उनीहरुले प्रयोग गरेको स.४ प ७८६९ नम्बरको रातो कलरको पल्सर मोटरसाईकल सहित पक्राउ गरेको तथा पक्राउ परेका दुबै जनालाई चाँदीसहित आवश्यक कारबाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट