News Category 2072/10/19

काँग्रेसको नगर अधिवेशन स्थगित काँग्रस र मोर्चा कार्यकर्ताबीच झडप हुँदा एक घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ माघ । 
नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन सोमबारका लागि स्थगित भएको छ ।  
राजविराज ४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बिथोल्न खोज्दा झडप भएपछि स्थगित भएको हो । 
मोर्चाका नेता तथा कार्यकर्ताले निर्वाचन स्थलमा पुगेर ब्यालेट पेपर च्यात्न खोज्दा काँग्रेसका कार्यकर्ता प्रतिकारमा उत्रेपछि मोर्चाका विद्यार्थी नेता तारकेश्वर यादव घाइते भएका हुन् ।
घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएर घर फर्केका छन् । सो घटनापछि विद्यालय क्षेत्र तनावग्रस्त रहेको थियो ।
काँग्रेसको नगर सभापतिमा प्रभातकुमार ललन र शम्भुलाल देवले उम्मेदवारी दिएका छन् । सचिवमा दीपक चौधरी र शत्रुध्नप्रसाद साह तथा कोषाध्यक्षमा विमल श्रेष्ठ र मेराज अन्सारी प्रतिस्पर्धामा उत्रेका छन् । 
यसअघि सप्तरीको विभिन्न गाविसमा आयोजित काँग्रेसको गाउँ अधिवेशनलाई मोर्चाका नेता तथा कार्यकर्ताले बिथोलेका थिए । 
यसैबीच नेपाली काँग्रेस नगर अधिवेशन स्थगित भएको जनाइएको छ । अधिवेश मंगलबार हुने जनाइएको छ । 
यस्तै सोमबार नेपाली काग्रेस शम्भुनाथ नगरपालिकाको कठौना बजारमा निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न भएको काग्रेसले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट