News Category 2072/10/19

परीक्षाकै समयमा विद्यालयमा काँग्रेस नगर अधिवेशन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ माघ । 
राजविराज ४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा सोमबार परीक्षा हुँदै गरेको समयमा नेपाली काँग्रेस सप्तरीले नगर अधिवेशन गरेको छ । यद्दपी सो अधिवेशन मोर्चा र काँग्रेस नेता कार्यकर्ताबीच झडप भएपछि स्थगित भएको छ । 
सो विद्यालयमा दुई दिनदेखी जिल्ला स्तरिय स्थर मापन परीक्षा संचालनमा रहेको छ । यता विद्यालयमा दिउँसो १ बजेदेखी परीक्षा संचालन हुँदा काँग्रेस नगर अधिवेशन बिहान ११ बजेदेखी नै सुरु भएको थियो ।
सोही सम्बन्धमा विद्यालयका अध्यक्ष बलराम यादवसँग सम्पर्क गर्दा उहाँले विद्यालयमा काँग्रेसको नगर अधिवेशन गर्ने बारेमा कुनै स्विकृती नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले अधिवेशन सम्बन्धमा व्यवस्थापन समितिबाट कुनै निर्णय नभएको बताउँदै सो सम्बन्धमा विद्यालयका प्रअ गंगा साहले नै स्पष्ट पार्ने उल्लेख गर्नुभयो । 
उहाँले जिल्ला स्तरिय स्थर मापन परीक्षा संचालन भइरहेको जानकारी दिँदै त्यस समयमा विद्यालयका कुनै राजनीतिक कार्यक्रम गर्नुले विद्यालयको छबीमाथी आँच आउने कुरा भएको बताउनुभयो । 
यसैबीच सो सम्बन्धमा विद्यालयका प्रअ गंगा साहसँग पटक पटक सम्पर्क गर्न खोज्दा मोबाइल उठाउनु भएन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट