News Category 2072/10/20

अधिवेशन विथोल्न खोज्दा एक दर्जन मोर्चा नेता कार्यकर्ता पक्राउपछि रिहा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ माघ । 
नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन विथोल्न खोज्दा प्रहरीले एक दर्जन मधेशी मोर्चाका नेता कार्यकर्तालाई मंगलवार पक्राउ गरेको छ ।
मोर्चाले सोमबार काँग्रेसको नगर अधिवेशनलाई बिथोल्न खोज्दा झडप भएपछि अधिवेशन स्थगित भएको थियो । सो अधिवेशन मंगलबार राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयमा पुनः सुरु भएपछि मोर्चाले फेरी विथोल्न खोज्दा प्रहरीले विद्यालय अगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, संघीय समाजवादी फोरम नेपाका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव उमेश यादव, सदस्य केदार यादव, सुरेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला कोषाध्यक्ष बीरेन्द्र साह, नेकपा माओवादीका जिल्ला संयोजक जयप्रकाश यादव, युवा विद्यार्थी मोर्चा सप्तरीका सल्लाहकार शम्भु यादव, युवा फोरमका विशाल यादव, सञ्जय यादवलगायत रहेका छन् । यता पक्राउ परेकाहरुलाई  मंगलबार साँझ प्रहरीले रिहा गरेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट