News Category 2072/10/21

मधेश महिया पार्टीका भगत सिंह पक्राउ अपहरण, शारीर बन्धक तथा बम विष्फोटनमा संलग्न ः प्रहरी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० माघ । 
पटक पटक फोनमा धम्की दिने, चन्दा माग्ने तथा बम विष्फोटन गर्ने कार्यमा संलग्न मधेश महिया पार्टीका भगत सिंहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
सप्तरीको फर्सैठ गाविस वडा नं. ३ निवासी ३० वर्षिय सुरेन्द्र कुमार यादव भनिने भगत सिंहलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको जनाएको छ । 
२०७२ साल पुस १८ गते राजविराज वडा नं. ५ निवासी महेशनाथ शर्मा लुइटेललाई भारतीय मोवाइल नम्बरबाट फोन गरी  पार्टीको भगत सिंह भनेर ५० लाख चन्दा माग गरेको तथा १९ गते राती उहाँको घरमा बम विस्फोट गरेको अभियोगमा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यस्तै प्रहरीका अनुसार पक्राउ परेका यादवले माघ १ गते सप्तरीको कंचनरुप नगरपालिका १ बस्ने उपेन्द्र प्रसाद साहलाई भारतीय मोवाइल नम्बरबाट फोन गरी १० लाख २४ घण्टा भित्र दिनुपर्छ नदिएमा घरमा बम विष्फोट गराई ज्यानै मारिदिन्छु भनि पटक पटक धम्कि दिएको माघ २ गते निजको घरमा बम विष्फोट गराएको जनाएको छ ।
यता प्रहरीले पक्राउ परेका यादवलाई नियन्त्रणमा राखि थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट