News Category 2072/10/21

काँग्रेस अधिवेशनका लागि विद्यालय प्रयोग गर्न नदिन आग्रह

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० माघ । 
मधेशी मोर्चा सप्तरीले नेपाली काँग्रेसको आसन्न अधिवेशनका लागि कुनै पनि विद्यालय प्रयोग गर्न नदिने निर्णय गरेको छ । 
मोर्चाका संयोजक कपिलदेव यादवको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले विद्यालय प्रयोग नगर्न आग्रह गर्ने निर्णय गरेको हो । 
बैठकपछि विज्ञप्ति जारि गर्दै मोर्चाको आग्रहलाई वेवास्ता गरी अधिवेशन प्रयोजनकोलागि विद्यालय प्रयोग गर्न दिइएमा त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति तथा क्षतिको जिम्मेवार स्वयम् विद्यालय हुने समेत सम्बन्धित सबैलाई जानकारी गराएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट