News Category 2072/10/22

चाँदी सहित एक पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ माघ ।
प्रहरीले राजविराजस्थित कुनौली मोडबाट बिहीबार दिउँसो एक जना भारतीयलाई ९० तोला चाँदीसहित पक्राउ परेको छ । 
भारतको बिहारस्थित मधुवनी जिल्ला राजनगरका १७ वर्षिय सुमित कुमार मेहता चाँदीसहित पक्राउ गरेको हो । 
प्रहरीले मेहतालाई शंकास्पद अवस्थामा फेला पारी शरीर खानतलासी गर्दा  पाईन्टको दाहिने र वायाँ दुबै गोजीमा लुकाईछिपाई बोकेको अवस्थामा चाँदी फेला परेको जनाएको छ । 
९० तोला १० आना चाँदीका टुक्राहरु र २५ तोला ७ आना चाँदी फेला परेको मेहतालाई पक्राउ गरि थप अनुसन्धानका लागि भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट