News Category 2072/10/23

निर्दोषलाई नफसाउन प्रशासनलाई मोर्चाको आग्रह

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ माघ । 
मधेशी मोर्चा सप्तरीले जिल्लाको प्रहरी चौकी झुटकीका असई रमेश सुब्बाको हत्यामा निर्दोषलाई फसाउन खोजेको प्रति प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराएको छ । 
मोर्चाका संयोजक कपीलदेव यादवले शुक्रबार एक विज्ञप्ति जारि गर्दै असई सुब्बाको हत्याको जिम्मा जयकृष्ण गोईतले विभिन्न मिडिया मार्फत लिइसक्दा समेत प्रहरीले निर्दोषलाई फसाउन खोजेको आरोप लगाइएको छ । 
असई सुब्बाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले जिल्लाको झुटकी गाविस ७ का अशोक यादवलाई पक्राउ गरेको छ । जारि विज्ञप्तिमा प्रहरीले पक्राउ गरेका यादवलाई कुटपिट गरि जबरजस्ति बोल्न लगाई मोबाइलबाट सो कुराको रेकर्ड गरि प्रमाणको रुपमा पेश गरेको कार्यप्रति मोर्चाले घोर भत्र्सना गरेको छ । 
यस्तै विज्ञप्तिमा प्रहरी कर्मचारीकै हत्याको विषयमा बास्तविक अपराधिलाई उन्मुक्ति दिने र निर्दोष व्यक्तिलाई फसाउने गरि प्रहरी अनुसन्धानको नाटकले जिल्लाको शान्ति सुरक्षा एवं अपराध अनुसन्धानको कार्यलाई मधेशमा योजनाबद्ध ढंगबाट मधेशीलाई झुठा, मुद्दामा फसाउने कार्य विगतदेखी वर्तमानसम्म भइरहेको मोर्चाको ठम्याई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट