News Category 2072/10/25

आन्दोलनमा शिथिलता आउनुमा मधेशी मोर्चाका नेताहरु जिम्मेवार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ माघ । 
नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीले जारि मधेश आन्दोलनमा शिथिलता आउनुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ । 
मधेशी पत्रकार समाजको कार्यालयमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाउँदै उहाँले ६ महिनासम्म आन्दोलन जारी रहँदा पनि शासकवर्ग गम्भीर बन्न नसकेको अवस्थामा गत विगतका कमी कमजोरीहरुबाट पाठ सिक्दै सम्पूर्ण मधेशवादी शक्तिहरु बीच मोर्चाबन्दी हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।  
अध्यक्ष तिवारीले मधेश आन्दोलनको मुख्य विषय संविधान संशोधन भएकोले  काँग्रेस, एमाले र माओवादीसँग समदूरी बढाएर जानुपर्ने जिकिर गर्नुभयो । भारतको मुज्फ्फरपुर र पटनाबाट नेपाल फर्किएलगत्तै मोर्चाका केही नेताहरु सत्तासँग नजिकिएको आरोप लगाउँदै उहाँले रणनीति तहत आन्दोलनलाई निष्कर्षविहीन बनाएको दाबी समेत गर्नुभयो ।
भारतको मुजफ्फरपुर र पटनामा सम्पन्न कार्यक्रम सम्पन्न कार्यक्रम तथा भारतीय नेताहरुसँगको भेंटघाटमा आफूले समग्र मधेश एक प्रदेशको पक्षमा कुरा राखेको बताउनुभयो । सीमामा तस्करी, संविधानमा  रहेको त्रुटीलगायतको विषयमा भारतीय नेताहरुलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट