News Category 2072/10/26

मोर्चाद्वारा हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्द कार्यक्रम स्थगित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ माघ । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल भारतसँगको सीमा नाकाहरुमा धर्ना नदिने निर्णय गरेको छ । मोर्चा लाठी जुलुस प्रदर्शन लगयायतका दबावमुलक कार्यक्रम भने घोषणा गरेको छ ।
सोमबार मोर्चाले विज्ञप्ति जारि गर्दै वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्धारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै जारी रहेको आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई मात्र तत्कालका लागि स्थगित गरेको जनाएको छ । 
यस्तै मोर्चाले दबावमुलक आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मधेसी मोर्चाले फागुन ५ गते तराई मधेसका जिल्ला सदरमुकामहरुमा लाठी जुलुस प्रदर्शन गर्ने र ७ गते विरोधसभा गरेर आफ्नो ११ बुँदे मागबारे हस्ताक्षर संकलन गरेर जनमत बुझ्ने निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट