News Category 2070/05/08

सप्तरीमा २ हजार ४ सय ७७ जनाले गराए मतदाता नामावलीमा नाम दर्ता

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ७ भदौ । 
मतदाता परिचयपत्रमा तस्वीर खिचाउनका लागि निर्वाचन आयोगले पछिल्लो पटक थपेको एक साताको समयमा सप्तरीमा दुई हजार ४ सय ७७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । पछिल्लो पटक थपिएकोे पहिलो दिन भदौ १ गते ५६, भदौ २ गते १ सय ७१, भदौ ३ गते २ सय ४७, भदौ ४ गते ३ सय ८५, भदौ ५ गते ६१, भदौं ६ गते ५ सय ४२ र अन्तिम दिन भदौ ७ गते १ हजार १५ जना गरि २ हजार ४ सय ७७ जनाले तस्बिरसहितको मतदाता नामावली नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत प्रदीप साहले जानकारी दिनुभयो । 
तीन वर्षदेखि नै फोटोसहितको मतदाता नामावली नाम दर्ता कार्यक्रम सञ्चालन भएका बेला सप्तरीमा २ लाख ९३ हजार ४ सय ४५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । सो क्रममा फोटो खिचाउन र नाम दर्ता गराउन नपाएका सर्वसाधारणहरु दलहरु गाउँ केन्द्रीत चुनावी अभियान शुरु गरेपछि उत्साहित भएर नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत साहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट