News Category 2072/10/26

सप्तरीमा आजबाट काँग्रेसको क्षेत्रिय अधिवेशन हुने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ माघ । 
मधेसी मोर्चाको अवरोध र काँग्रेसभित्रको आन्तरिक विवादले समयमा गाउँ र नगर अधिवेशन हुन नसकेको सप्तरीमा आजबाट क्षेत्रिय अधिवेशन हुने भएको छ ।
मुलुकभरि सोमबारबाटै काँग्रेसको जिल्ला अधिवेशन सुरु भएको अवस्थामा सप्तरीमा क्षेत्रिय अधिवेशनसमेत सम्पन्न नभएकोले जिल्ला अधिवेशन अनिश्चित बनेको छ ।
सप्तरीको ६ वटै निर्वाचन क्षेत्रको अधिवेशनमा आज मनोनयन दर्ता र पर्सी मतदानको कार्यतालिका काूग्रेस सप्तरीको निर्वाचन समितिले सार्वजनिक गरेको छ । 
क्षेत्र नम्बर १ को कञ्चनरुप नगरपालिकास्थित खानेपानी कार्यालयमा, क्षेत्र नम्बर २ को हनुमाननगरस्थित उमाविमा, क्षेत्र नम्बर ३ को राजविराजस्थित थानगाछी निमाविमा, क्षेत्र नम्बर ४ का खुरहुरियास्थित जनता माविमा, क्षेत्र नम्बर ५ को कडेरबोनास्थित सेवा केन्द्रमा र क्षेत्र नम्बर ६ को सारस्वरस्थित माविमा क्षेत्रिय अधिवेशनको स्थान निर्वाचन समितिले तय गरेको छ ।
गाउँ र नगरको अधिवेशनमा ढिलाई भएकाले क्षेत्रिय अधिवेशन सकिनासाथ जिल्ला अधिवेशनको मिति तय गर्ने सप्तरीका निर्वाचन अधिकृत लखनलाल यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट