News Category 2072/10/26

कार्यकर्ता रिहाईको माग गर्दै मोर्चाद्वारा प्रदर्शनसहित धर्ना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ माघ । 
मधेशी मोर्चा सप्तरीले आफ्नो कार्यकर्तालाई प्रहरीले झुठो मुद्दा लगाएर फसाउन खोजेको  भन्दै सोमबार जिल्ला अदालत राजविराज अगाडी प्रदर्शन गर्दै धर्ना बसेका छन् । 
गत पुस २० गते जिल्लाको झुटकी गाविसस्थित प्रहरी चौकीका इन्चार्ज असई रमेश सुब्बालाई गोली हानी हत्या भएको घटनामा संलग्नता रहेको भन्दै सप्तरी प्रहरीले सोही गाविसका अशोक यादवलाई पक्राउ गरेकोमा मोर्चाले सोमबार प्रदर्शन गर्दै धर्ना बसेको हो । 
विभिन्न घटनाको अनुसन्धान गर्ने नाममा आफ्ना सक्रिय कार्यकर्ताहरुलाई पक्राउ गरी प्रहरीले झुठो मुद्दा दर्ता गर्दै आएको भन्दै मुद्दा खारेजीको माग गर्दै अदालत अगाडि धर्ना बसेका हुन् ।
यसअघि हत्या घटनाको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्व अखिल तराई मुक्ति मोर्चाले लिए पनि प्रहरीले वास्तवित दोषीलाई पक्राउ गर्न नसकेको अवस्थामा आन्दोलनमा लागेका आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरी झुठो मुद्दा लगाउँदै आएको संघीय समाजवादी फोरम सप्तरीका अध्यक्ष दिनेश यादवको दाबी छ ।
यसअघि भारदहबाट मधेसी मोर्चाका चार जना मोर्चाका कार्यकर्ताहरुलाई सप्तरी प्रहरीले पक्राउ गरी चोरी तथा डाँका मुद्दामा पक्राउ गरेका थिए । पक्राउ परेकाहरुमध्यै चोरी तथा डाँका मुद्दाका चार जना मोर्चा कार्यकर्ताहरु धरौटी बुझाएर यसअघि रिहा भएका थिए ।
असई सुब्बाको हत्यामा संलग्न रहेको आरोप पक्राउ परेका यादवको सप्तरी जिल्ला अदालतमा पेशी रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट