News Category 2072/10/27

भन्सार छलेर ल्याउँदै गरेको किराना सामान र पेट्रोल भन्सारमा बुझाइयो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ माघ । 
भारतबाट भन्सार चोरी पैठारी गरी मोटरसाइकलमा ल्याउँदै गरेको किराना सामान प्रहरीले नियन्त्रणमा लिएको छ । 
सप्तरीमने मल्हनिया गाविस वडा नं. २ स्थित सादा पोशाकका प्रहरीले भारततर्फबाट आउँदै गरेको स २ प ७६१३ नम्बर र बिआर ३२ एल ३२२६ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरेको किराना सामान नियन्त्रणमा लिएको छ । 
यसरी नियन्त्रणमा लिएका सामानहरुमा खाने तेल, नरिबलको तेल, चनाको दाल, फरचुयन तेल लगायत रहेका छन् । 
यता सामानहरु नियन्त्रणमा लिने क्रममा मोटरसाइकल चालकहरु फरार भएको तथा सामान र मोटरसाइकललाई आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाईएको प्रहरीले जनाएको छ । 
यसैगरि प्रहरीले मंगलबार बिहान राजजिराज वडा नं ३ मा बीआर ३२ के ५८४४ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा कर छलेर ल्याउँदै गरेको ९० लिटर पेट्रोल समेत बरामद गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट