News Category 2072/10/27

कोईरालाको निधनप्रति उप–सभामुख यादवद्वारा दुःख ब्यक्त

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ माघ । 
उप–सभामुख गंगा प्रसाद यादवले नेपाली काँग्रेसका सभापति शुशील कोइरालाको निधनप्रति दुःख ब्यक्त गर्नुभएको छ  ।  
गृह जिल्ला सप्तरीको जोगिनिया आउनुभएका उप–सभामुद यादवले पुर्व–प्रधानमन्त्री एवम काँग्रेस सभापति कोइरालाको निधनले आफु दुःखित भएको र राष्ट्रले असल तथा लोकतन्त्रप्रति प्रतिबद्ध, लोकतन्त्रीक नेता गुमाएको बताउनुभएको छ ।  
साथै उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति कोइरालाले निर्वाह गर्नुभएको अग्रणी भूमिका तथा संविधानसभाबाट संविधान बनाएर देशलाई शान्ति र प्रगतिको बाटोमा उहाँको अग्रनिय भूमिका रहेकाले उहाँको सधैँ भरी स्मरणीय रहने बताउनुभएको छ । साथै यादवले कोइरालाप्रति श्रद्धाञ्जलि ब्यक्ति गर्नुहुदै शोकाकूल परिवारप्रति सम्वेदना सम्बेदना प्रकट गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट