News Category 2072/10/29

महागठबन्धन बन्ने पक्का मधेसी मोर्चामा थपिए तीन दल

दैनिक समाचारदाता

दैनिक संवाददाता
काठमाडौं, २८ माघ ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा तीन दल थपिने सहमति भएको छ । अब मोर्चामा आवद्ध दलहरुको संख्या ७ पुगेको छ । 
काठमाडौंस्थित बिजुलीबजारमा अवस्थित तमलोपा कार्यालयमा बिहीबार बसेको बैठकले शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक मोर्चामा आवद्ध हुने सहमति भएको छ ।
ती तीन दल र जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानसमेत सम्मिलित भएर संघीय समावेशी मधेसी गठबन्धन बनाएर आन्दोलन गर्दै आएका थिए । संसदमा नरहेको र पार्टीको स्वरुप पनि नलिइसकेको भन्दै मोर्चाले तमरा अभियानलाई स्विकार गरेको छैन ।
मोर्चाका नेताहरु तमलोपा नेता हृदयश त्रिपाठी, सदभावनाका लक्ष्मण लाल कर्ण र तमसपाका रामनरेश राय गठबन्धनमा आवद्ध नेताहरु अनिल झा, राजकिशोर यादव र रामसपाका नेता केशव झाबीच भएको बैठक मोर्चालाई नै विस्तार गर्ने निर्णयमा पुगेको जनाइएको छ । बैठकमा तमालोपा नेताहरु वृषेशचन्द्र लाल, सवेन्द्रनाथ शुक्ल र जितेन्द्र सोनल पनि सहभागी हुनुहुथ्यो ।
पार्टीका अध्यक्षहरु बाहिर रहेको र उहाँहरु सबै शुक्रबार काठमाडौं आइपुगेपछि औपचारिक घोषणाको तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट