News Category 2072/11/01

सात मधेशवादी दल एक भए

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ माघ । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा फेरि एक भएको छ । शुक्रबार साँझ काठमाडौंस्थित बिजुलीबजारमा रहेको तमलोपा कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेताहरुले यस्तो घोषणा गरेका हो ।
सात दल सम्मिलित बैठकपछि जारी विज्ञप्तिमा जारी आन्दोलनलाई निष्कर्षमा पु¥याउन आन्दोलनरत सबै पक्ष सहमत भई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा नै एकताबद्ध भई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ । 
विज्ञप्तिमा समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव, रामसपा अध्यक्ष शरतसिंह भण्डारी, नेसपा अध्यक्ष अनिलकुमार झा र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले हस्ताक्षर गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट