News Category 2072/11/03

स्व. कुशेश्वर पाठकको स्मृतिमा विभिन्न व्यक्ति सम्मानित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ फागुन । 
प्रजातन्त्र सेनानी स्व. कुशेश्वर पाठकको स्मृतिमा आईतबार सप्तरीको तिलाठी गाविसमा बर्षौदेखि हुँदै आएको सरस्वती पुजाको अवसरमा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।
स्थानीय दुर्गानन्द झाको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा वरिष्ठ पत्रकार अनिल कुमार अनल, करुणा झा, जिल्ला विकास समितिका अधिकृत नवराज खड्का लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो । त्यस्तै शम्भुनाथ झाले स्व. पाठकको जिवनी बारेमा प्रकाश पार्नुभएको थियो ।
सरस्वती पुजनोत्सव तथा वसन्त मेला आयोजना समितिको आयोजनामा तिलाठी गाविसस्थित पाठशालामा आयोजित सो सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, बरिष्ठ पत्रकार अनिल कुमार अनल, करुणा झा, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, नवराज खड्का लगायत प्रहरी चौकी तिलाठीका असई, सशस्त्र प्रहरी सीमा सुरक्षा चेक आउट पोष्ट तिलाठीका प्रहरी निरीक्षक लगायतलाई दोसल्लाह र मिथिलाको पागबाट सम्मान गरिएको छ । 
कार्यक्रम संचालन पत्रकार जितेन्द्र झाले गर्नुभएको थियो । सोही कार्यक्रममा बालबालिकाहरुले विभिन्न गितमा नृत्य समेत प्रस्तुत गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट