News Category 2072/11/04

सप्तरीका ६ वटै क्षेत्रमा निवार्चन आज

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ फागुन ।
नेपाली काँग्रेसको १३औं महाधिवेशनका लागि सप्तरीका अधिकांश गाविस, नगर वडा र नगरपालिकामा सहमतीबाट नै काँग्रेसको अधिवेशन सम्पन्न भएपनि बढ्दो प्रतिस्पर्धाले गर्दा यहाँका ६ वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन हुदैछ । 
६ वटै निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनकालागि निर्वाचन हुदैछ । सोही अनुसार ६ वटै क्षेत्रमा विभिन्न पदकालागि उम्मेदवारहरुले सोमबार मनोनयन पत्र समेत दर्ता गराएका छन् । 
क्षेत्रिय सभापतिहरुकालागि ६ वटैमा दुई–दुई जना उम्मेदबारहरुले मनोनयन पत्र दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा ललनकुमार गुप्ता र आशाराम चौधरी, क्षेत्र नम्बर २ मा बद्रीनारायण महात्मान र रामअवतार यादव, क्षेत्र नम्बर ३ मा महानन्दप्रसाद यादव र रामकुमार यादव, क्षेत्र नम्बर ४ मा रामप्रकाश मण्डल (राजधोब) र भगवती यादव, क्षेत्र नम्बर ५ मा उल्फत मियाँ र किरण भगत तथा क्षेत्र नम्बर ६ मा जितेन्द्र यादव र खगेन्द्रप्रसाद यादवले मनोनयन दर्ता गराएको सप्तरीका निर्वाचन अधिकृत लखनलाल यादवले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा ६६ जना महाधिवेशन प्रतिनिधिकालागि पनि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधी र क्षेत्रिय सभापति स्वतः प्रनितिधि हुने ब्यवस्था अनुसार सप्तरीबाट ७२ जना महाधिवेशन प्रतिनिधिको छनौट आज हुने निर्वाचनले गर्नेछ । 
क्षेत्र नं. ३ मा २३ जना र बाँकी ५ वटै निर्वाचन क्षेत्रमा २२–२२ जनाले महाधिवेशन प्रनितिधीकालागि उम्मेवारी दर्ता गराएको ३ नम्बर क्षेत्रका क्षेत्रिय मतदान अधिकृत परशुराम यादवले जानकारी दिनुभयो ।
यता सप्तरीका ५ वटा निर्वाचन क्षेत्रको मतदान केन्द्र सम्बन्धित क्षेत्रहरुकै गाउँ–ठाउूमा तोकिएपनि एउटा निर्वाचन क्षेत्रको मतदान केन्द्र सदरमुकाम राजविराजमा तोकिएको छ । जारी मधेस आन्दोलनले गर्दा मधेसवादी दलहरुले मतदानमा अवरोध पु¥याउने भन्दै निर्वाचन क्षेत्र नम्बर २ को मतदान केन्द्र सदरमुकाम राजविराजमा तोकिएको छ ।
यसअघि सप्तरीको भारदहमा २ नम्बर क्षेत्रको क्षेत्रिय मतदान केन्द्र राख्ने छलफल भएको थियो । तर, अन्तिम समयमा उक्त क्षेत्रको निर्वाचन केन्द्र सम्बन्धित क्षेत्रमा नराखी सदरमुकाम राजविराजस्थित बाल मन्दिरमा राखिएको हो । 
यता क्षेत्र नम्बरको १ को निर्वाचन क्षेत्रको मतदान केन्द्र कञ्चनरुप नगरपालिका ९ मा निर्धारण गरिएको छ भने क्षेत्र नम्बर ३ को मतदान केन्द्र राजविराजस्थित अफिर्सस क्लब, क्षेत्र नम्बर ४ को पत्थरगाडा उमावि, ५ को कुशाहा उमावि र क्षेत्र नम्बर ६ को मतदान केन्द्र सिस्वाबेल्ही उमाविमा निर्धारण गरिएको छ ।
यसैबीच १ नम्बर मतदान केन्द्रका अधिकृतमा पञ्चदेव चौधरी, २ मा मनोजकुमार मण्डल, ३ मा परशुराम यादव, ४ मा नारायण यादव, ५ मा दिनेशप्रसाद यादव र ६ मा विनोदकुमार साहले मतदान अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट