News Category 2072/11/04

फागुन ९ देखी दादुरा रुबेला बिरुद्धको खोप खुवाउने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ फागुन ।
सन् २०१९ सम्म नेपालमा दादुरा रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य रहेको हुँदा सप्तरीमा आगामी फागुन ९ देखी सो रोग बिरुद्ध अभियान संचालन हुने भएको छ । 
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले सोमबार राजविराजमा सो अभियानबारे संचारकर्मीहरुलाई जानकारी दिएको छ । 
अभियान बारे जानकारी दिँदै जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिजय झाले सो अभियान अन्तरगत मुलुकमा तेश्रो चरणको कार्यक्रम संचालन हुन गइरहेको भन्दै त्यसमा सम्पूर्ण जनताले सहयोग गर्ने अपेक्षा राख्नुभयो । 
उहाँले ९ महिनासम्मको बालबालिकाले दादुरा खोप लिने र ९ महिनादेखी ५ वर्षका बालबालिकाहरुले दादुरा र रुवेला दुबै खोप लगाउन सक्ने बताउनुभयो । उहाँले अभियानलाई सफल पार्न जिल्लाको राजविराज, हनुमाननगर, भारदह, कल्याणपुर र बोदेबर्साइनमा ¥याली समेत निकालिने जानकारी दिनुभयो । 
अभियानमा १ लाख ३ हजार बालबालिकालाई दादुरा र रुबेलाको खोप र १ लाख १६ हजार बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको जानकारी दिनुभयो । जसमा जिल्लाभरि ५ सय १७ स्वास्थ्यकर्मी तथा १ हजार ७८ जना स्वमसेविकाहरु खटाइने बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट