News Category 2072/11/05

आन्दोलन अवधीभरका कर, ब्याज र जरिवाना मिनाहा हुने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ फागुन । 
मधेश आन्दोलन  अवधीभरको कर, ब्याज र जरिवाना मिनाहाका लागि सप्तरीका सम्पूर्ण कार्यालय प्रमुखले आ–आफ्नो विभागमा लेखी पठाउने निर्णय भएको छ । 
मधेशी मोर्चाका नेताहरुले आन्दोलन अवधीभरको कर, ब्याज र जरिवाना मिनाहा नगरिए आन्दोलन गर्ने बताइरहेको अवस्थामा कार्यालय प्रमुखहरुले यसका लागि तत्परता देखाएका छन् ।
६ महिनाको आन्दोलनपछिको जारी अवस्थालाई अझै सहज बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले मंगलबार आफ्नै निवासमा आयोजना गरेको बैठकमा मोर्चा नेताहरुले कर र जरिवाना मिनाहा नगरिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । 
कार्यालय प्रमुखहरुको समेत सहभागिता रहेको बैठकमा प्रमुखहरुले यसबारेमा आ–आफ्नो विभागमा लेखी पठाउन प्रतिबद्धता जनाएका छन् । यो सवाल नीतिगत रुपमा निर्णय नै गरिएको छ, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहले भन्नुभयो, “यदी यो नगरिए हामी सशक्त आन्दोलनमा उत्रनेछौं ।”
प्रमुख जिल्ला अधिकारी भट्टले पनि आन्दोलन अवधीभरको कर र जरिवाना मिनाहाका लागि विभागहरुमा पठाउने निर्णय भएको बताउनुभयो । उहाँले जनजीवनलाई अझ सहज बनाउन मोर्चाले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दै विकास निर्माण र आपूर्तीलाई सहज बनाउन संयुक्त अनुगमन गर्ने र हरेक किसिमको सेवालाई प्रभावकारी बनाउने निर्णय पनि भएको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट