News Category 2072/11/05

वार्ता कक्षबाट अधिकृत बाहिरिएपछि समिति अन्यौलमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ फागुन । 
राजविराज नगरपालिकामा देखिएको विवाद समाधानका लागि पूर्व लिखित प्रतिबद्धतामाथी  मंगलबार हुने भनिएको वार्ता अनिश्चत् बनेको छ । 
राजविराज नगरपालिका कर्मचारी एशोसिएशन इकाई समितिका अध्यक्ष उमेश प्रसाद यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा नगरपालिकाको गतिविधि बारे राजनीतिक दलको रोहबरमा पटक पटक छलफल हुँदा मंगलबार वार्ताको लागि कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले पूर्व सहमति अनुसार लिखित प्रतिबद्धता जनाएकोले इकाई समितिका अध्यक्ष उमेश प्रसाद गुरुङको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरिएको उल्लेख छ । 
विज्ञप्तिमा मंगलबार सोही विषयमा वार्ता बस्ने भनिएको समयमा कार्यकारी अधिकृतले सो प्रतिबद्धतालाई अस्विकार गरि वार्ता कक्षबाट बाहिरिएकोले वार्ता अन्यौलमा परेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट