News Category 2072/11/05

६ वटै क्षेत्रमा काँग्रेसको अधिवेशन सम्पन्न क्षेत्र नं. ४ मा मण्डल प्यानल बिजयी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ फागुन । 
नेपाली काँग्रेसको १३औं महाधिवेशनका लागि सप्तरीमा मंगलबार ६ वटै क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । 
सम्पन्न निर्वाचनको मत परिणाम अनुसार क्षेत्र नं. ४ मा रामप्रसाद मण्डलको प्यानल बिजयी भएको छ । मण्डलले १ सय २२ मत ल्याई आफ्ना प्रतिद्वन्द्वी भगवती यादवलाई पराजित गर्नुभयो । यादवले ५९ मत प्राप्त गर्नुभयो ।  
त्यस्तै सचिवमा भुपेन्द्र नारायण यादव, कोषाध्यक्षमा अम्बिका चौधरी बिजयी हुनुभएको छ । स्मरण रहोस् चौधरीको दोश्रो कार्यकाल हो । यसअघि पनि सोही पदमा उहाँ बिजयी हुनुभएको थियो । यता जिल्लाको अन्य क्षेत्रहरुको मतगणना जारि रहेको छ । 
यसअघि अधिकांश गाविस, नगर वडा र नगरपालिकामा सहमतीबाट नै काँग्रेसको अधिवेशन सम्पन्न भएपनि बढ्दो प्रतिस्पर्धाले गर्दा यहाँका ६ वटै निर्वाचन क्षेत्रमा मंगलबार निर्वाचन भएको हो ।
क्षेत्र नम्बर १ मा ललनकुमार गुप्ता र आशाराम चौधरी, क्षेत्र नम्बर २ मा बद्रीनारायण महात्मान र रामअवतार यादव, क्षेत्र नम्बर ३ मा महानन्दप्रसाद यादव र रामकुमार यादव, क्षेत्र नम्बर ५ मा उल्फत मियाँ र किरण भगत तथा क्षेत्र नम्बर ६ मा जितेन्द्र यादव र खगेन्द्रप्रसाद यादवले उम्मेदबारी दिनुभएको छ ।
यस्तै सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा ६६ जना महाधिवेशन प्रतिनिधिकालागि पनि उम्मेदवारहरु लड्दै छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधी र क्षेत्रिय सभापति स्वतः प्रतिनिधि हुने ब्यवस्था अनुसार सप्तरीबाट ७२ जना महाधिवेशन प्रतिनिधिको छनौट हुनेछ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट