News Category 2072/11/07

कर्मचारीबीच मतभेद छैन् ः राजविराज नपा अधिकृत गुरुङ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ फागुन । 
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले कार्यालयका कर्मचारीहरुबिच कुनै मतभेद नभएको दाबी गर्नुभएको छ । 
नगरपालिका कार्यालयमै बिहीबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि अधिकृत गुरुङले गत शुक्रबार लेखापाल शत्रुधनलाल दासमाथी गरिएको कानुनी कारवाहीको प्रक्रिया फिर्ता लिएको जानकारी दिनुभयो । 
उहाँले आफू राजविराज नगरपालिकालाई विकास गर्न इमान्दारिपूर्वक लागिपरेको उल्लेख गर्दै कर्मचारी र आफूहरुबीच कुनै मतभेद नरेहको तथा रहेपनि आन्तरिक कुरा भएको भन्दै संचारमाध्यममा आएका त्यस्ता कुरापछि नलाग्न नगरवासीलाई आग्रह गर्नुभयो ।
उहाँले मधेश आन्दोलनको अवधीमा पनि कार्यालयमा विभिन्न विकासीय कार्यहरु गरेको दाबी गर्दै त्यस्ता कार्यले नगरवासीलाई नै हित हुने स्पष्ट पार्नुभयो । 
यता नगरपालिका सम्पूर्ण कर्मचारीहरु अधिकृत गुरुङप्रति व्यापक असन्तुष्टी जनाउँदै आन्दोलित भएका छन् । अधिकृतले आफ्नो एकलौटी ढंगबाट कार्यालयको कामकाज गर्दै आएको भन्दै कार्यरत कर्मचारीहरु आन्दोलित भएको कर्मचारी इकाई समितिका अध्यक्ष उमेशप्रसाद यादवले बताउनुभयो ।
यसअघि कर्मचारीहरुले कार्यालय प्रमुखलाई सात दिन भित्र मागहरु बारे जवाफ दिन ज्ञापनपत्र समेत बुझाएका थिए । सो म्याद बुधबार पुरा भएको छ । यता अधिकृत गुरुङले कार्यालयमा सुरक्षाकर्मी राखेर कामकाज गर्दै हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट