News Category 2072/11/08

प्रहरीले स्वतन्त्र मधेश गठबन्धको कार्यक्रम बिथोल्यो तीन कार्यकर्ता पक्राउ, एक दर्जन बढी घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ फागुन । 
सप्तरीको भारदहमा स्वतन्त्र मधेश गठबन्धनका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गर्दै दर्जनौं नेता कार्यकर्ताहरुलाई शुक्रबार कुटपिट गरेको छ ।
स्वतन्त्र मधेश गठबन्धन सप्तरीद्वारा भारदहस्थित विपी माविमा “ग्राम स्वराज परिषद” गठन कार्यक्रमका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गर्दै कुटपिट गरेको हो । 
पक्राउ पर्नेहरुमा श्यामसुन्दर मण्डल, सुरेन्द्र मण्डल र भोगेन्द्र शर्मा रहेका छन् । तीनै जनालाई कार्यक्रम सुरु हुनु अगावै प्रहरीले पक्राउ गरेको गठबन्धन सप्तरीले जनाएको छ । कार्यकर्तालाई पक्राउ गरेपछि प्रहरीले पुनः कार्यक्रम सुरु हुनै लाग्दा कार्यक्रम स्थलमा रहेको माइक, साउण्डबक्स, स्टेज लगायत तोडफोड गर्दै कार्यकर्ताहरुलाई अन्धाधुन लाठी प्रहार गरेको थियो । 
यता प्रहरीले प्रहार गरेको लाठीबाट राजनारायण यादव, पोसिद विश्वास, पंकज मण्डल, स्थानिय संचारकर्मी रामसेवक पगैया लगायत रहेका छन् । घाइतेहरुको स्थानिय भारदह उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 
डा. सीके राउतको नेतृत्वमा स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशको माग गर्दै शान्तिपूर्ण संघर्ष गर्दै आएको छ । यसअघि गठबन्धनले भारदह बजारमा मार्चपास समेत गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट