News Category 2072/11/08

सप्तरी काँग्रेसको फागुन १० मा निर्वाचन सभापति, सचिव र कोषाध्यक्षमा गरि ४२ जनाको उम्मेदबारी दर्ता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ फागुन । 
नेपाली काँग्रेसको १३ औं महाधिवेशनका लागि सप्तरी जिल्ला कार्य समितिको आउँदो फागुन १० गते निर्वाचन हुने तय भएको छ । यसअघि सप्तरीको ६ वटै क्षेत्रमा निर्वाचन सम्पन्न भइ प्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । 
नेपाली काँग्रेस सप्तरीको ३३ सदस्यीय कार्य समितिका लागि हुन लागेको निर्वाचनमा १ हजार ६८ जनाले आफ्नो मत खसाल्ने पाउने छन् । सभापति, सचिव, कोषाध्यक्ष गरि जिल्लाको ६ वटै क्षेत्रबाट कम्तिमा एकजना महिलासहित पाँच पाँच जना सदस्य निर्वाचित हुने प्रावधान रहेको छ ।  
यता शुक्रबार सभापतिमा रामदेव साह, सचिवमा रामकुमार यादव र कोषाध्यक्षमा शिव नारायण चौधरी गरि ४२ जना उम्मेदबारहरुले विभिन्न पदमा उम्मेदबारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन समितिका सदस्य मनोज कुमार मण्डलका अनुसार फागुन ७ गते मतदाता नामावली प्रकाशन, मतदाता नामावली साधारण नाम सच्याउने तथा सोही दिन ११ः३० देखी दिउसो ४ बजेसम्म र फागुन ८ गते बिहान ८ देखी १० बजेसम्म उम्मेदबारको मनोनय पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । 
यस्तै फागुन ८ गते १ बजे दिउँसो उम्मेदबारहरुको प्रथम नामावली प्रकाशन, १ः३० बजे देखी २ः३० बजेसम्म उम्मेदबारको नामावली दाबी बिरोध, सोही दिन २ः३० बजेदेखी ३ः३० सम्म उम्मेदबारको उम्मेदबारी फिर्ता, ४ बजे उम्मेदबारहरुको अन्तिम नामावली प्रकाशन कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट