News Category 2072/11/10

गठबन्धनका सात जना पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
स्वतन्त्र मधेश गठबन्धन सप्तरीद्वारा निकालिएको विरोध ¥यालीमा सहभागि गठबन्धनका सात जना कार्यकर्ताहरुलाई आईतबार राजविराजमा प्रहरीले पक्राउ गरेको छ । 
गठबन्धनले आईतबार राजविराजमा निकालिएको बिरोध ¥यालीमा सहभागि मध्ये प्रहरीले गठबन्धनका सात जना कार्यकर्ताहरुलाई राजविराजस्थित जनआन्दोलन चौकबाट पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरुमा सुरेन्द्र मधेशी, बुधेश्वर मण्डल, मो.उष्मान मियाँ, चन्द्रेश्वर मण्डल, अनिल ठाकुर, महेश शर्मा र लाल बिहारी साह रहेका छन ।
पक्राउ परेकाहरुलाई हाल आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिनुभयो । 
यसअघि शुक्रबार सप्तरीको भारदहबाट पक्राउ गरिएका श्याम सुन्दर मंडल, सुरेन्द्र मंडल र भोगेन्द्र शर्मालाई नेपाल प्रहरीले काठमाडौं विशेष अदालत लगेर १० दिनको अनुसन्धान म्याद थपेको गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भिम ढकालले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट