News Category 2070/02/28

सप्तरीका चार अधिबक्ता न्यायाधीश बने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ जेठ ।
न्याय परिषद्ले एकै पटक नियुक्त गरेको १६९ न्यायाधीशमा सप्तरीका चार जना कानुन व्यवसायी परेका छन् । यहाँका चार जना कानुन व्यवसायी न्यायाधीश बन्ने सौभाग्य पाएका छन् ।
नियुक्त हुनेमा एक जना पुनरावेदन अदालतका न्यायाधीशमा चयन भएका छन् भने बाँकी तीन जना पुनरावेदन अदालतकै अतिरिक्त न्यायाधीशमा नियुक्त भएका हुन् ।
वरिष्ठता, अनुभव, बिषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, सक्षमता समेतको परीक्षणबाट उनीहरुलाई नियुक्त गरिएको न्याय परिषद्ले जनाएको छ ।
अधिबक्ता रमेश बहादुर थापा पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका छन् भने बाँकी तीन जना यसै अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएको सर्वाेच्च अदालतको आधिकारिक वेभसाइटमा उल्लेख रहेको छ । अतिरिक्त न्यायाधीशमा नियुक्त हुनेमा अधिबक्ता नारायण साह, दिनेश यादव र अनिता मानन्धर हुनुहुन्छ ।
यस्तै सप्तरी जिल्ला अदालतका न्यायाधीश मेघराज भट्टराई पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ भने पुनरावेदन अदालत राजविराजका रजिष्ट्रार बसन्ताज गौतम तथा पुनरावेदन सरकारी वकील कार्यालयका उप न्यायाधिबक्ता शिबबहादुर राणाभाट जिल्ला न्यायाधीशमा नियुक्त भएको वेभसाइटमा उल्लेख रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट