News Category 2072/11/10

सप्तरीमा “भैरव” प्रदर्शनमा रोक

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
मधेश बिरोधी चलचित्र प्रदर्शन गर्न नपाउने भन्दै आइतबार राजविराजमा आन्दोलनरत मधेशी मोर्चाले बिरोध गर्दै भैरव चलिचित्र प्रदर्शनमा रोक लगाएको छ । 
नेपाली चलचित्र भैरवमा मधेश र मधेशी बिरोधी संवादहरु रहेको भन्दै सो चलचित्रको पोष्टर जलाउँदै मोर्चाले रोक लगाएको हो । 
स्थानिय शिवशंकर चलचित्र मन्दिरमा तीन दिनदेखी लागेको भैरव चलचित्रलाई आइतबारदेखी सप्तरीमा प्रदर्शन गर्न नपाउने भन्दै मोर्चाले रोक लगाएको छ । 
चलचित्रमा मधेशी नेताको भूमिकामा रहेका मूरलीधरको चरित्रलाई मधेशी मोर्चाले बहिष्कार समेत गरेको छ भने प्रहरीको भूमिकामा रहेका नायक तथा चलचित्रका निर्देशक निखिल उप्रेतीलाई मधेशीको भावना विपरीत चलचित्र नबनाउन चेतावनी समेत दिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट