News Category 2072/11/11

सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न, मतगणना जारि

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० फागुन । 
नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्य समिति सप्तरीका लागि सोमबार निर्वाचन सम्पन्न भएको छ । 
राजविराजस्थित केशो अनरोद्धवती माविमा सोमबार सम्पन्न निर्वाचनमा सभापति पदका लागि दुई उम्मेदबार वर्तमान सभापति दिनेश कुमार यादव र रामदेव साहबीच प्रतिस्पर्धा भएको छ । 
वर्तमान सभापति दिनेश कुमार यादव दोश्रो कार्यकालका लागि पुनः सभापतिमा उम्मेदबारी दिनुभएको छ । उहाँको प्यानलबाट सचिवमा राधाकान्त देव र कोषाध्यक्षमा दिनेश चौधरी उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै सभापति पदमा रामदेव साहले उम्मेदबारी दिनुभएको छ । उहाँको प्यानलबाट सचिवमा रामकुमार यादव र कोषाध्यक्षमा शिव नारायण चौधरीले उम्मेदवार बन्नुभएको छ ।
सभापति, सचिव, कोषाध्यक्ष बाहेक जिल्लाको ६ वटै क्षेत्रबाट कम्तिमा एकजना महिलासहित पाँच पाँच जना सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । सो निर्वाचनमा १ हजार १ सय ९१ मतदाता मध्ये १ हजार १ सय ६४ जनाले मत खसालेका छन् । यसैबीच सम्पन्न निर्वाचनको मतगणना सोमबार रातीदेखी जारि रहेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट