News Category 2072/11/12

सप्तरी काँग्रेसमा देउवा पक्षका यादव पुनः निर्वाचित सचिव र कोषाध्यक्षमा संस्थापन पक्षका बिजयी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ फागुन । 
नेपाली काँग्रेस सप्तरीको सभापतिमा देउवा पक्षका दिनेश यादवले पुनः निर्वाचित हुनुभएको छ । निर्वाचित सभापति यादव दोस्रो पटक जिल्लाको नेतृत्वको अवसर पाउनु भएको छ । 
सोमबार सम्पन्न निर्वाचनको मंगलबार बिहान प्राप्त मतगणनाको परिणाम अनुसार उहाँले संस्थापन पक्षका उम्मेदबार रामदेव साहलाई १ सय ४ मतले पराजित गर्नुभएको हो । 
यादवले ६ सय ११ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम संस्थापन पक्षका रामदेव साहले ५ सय ७ मत पाउनुभयो । 
यस्तै सचिवमा संस्थापन पक्षका रामकुमार यादव निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम देउवा पक्षका उम्मेदबार राधाकान्त देवलाई १४ मतले पराजित गर्नुभयो । यादवले ५ सय ६३ मत तथा देवले ५ सय ४९ मत प्राप्त गर्नुभयो । 
त्यसैगरि कोषाध्यक्षमा पनि संस्थापन पक्षका उम्मेदबार शिबनारायण चौधरी निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम देउवा पक्षका दिनेश चौधरीलाई १० मतले पराजित गर्नुभयो । शिवनारायणले ५ सय ७२ मत तथा दिनेश चौधरीले ५ सय ३७ मत प्राप्त गर्नुभयो ।
यसैगरी जिल्ला कार्यसमिति सदस्यहरुमा क्षेत्र नं. १ बाट महिला सदस्यमा निर्मला चौधरी, भुवन आचार्य, विशेश्वर चौधरी, विशेश्वर साह, युवराज कोइराला, क्षेत्र नं. २ बाट महिला सदस्यमा शान्तिदेवी क्षेत्री, सरोज बिराजी, मुरलीधर खिडहरी, गजेन्द्र मण्डल, शत्रुधन प्रसाद यादव, क्षेत्र नं ३ बाट महिला सदस्यमा निलम कर्ण, रामकुमार साह, रामलखन यादव, शतिशचन्द्र झा, दुःखा चौधरी, क्षेत्र नं. ४ बाट महिला सदस्यमा कविता कुमारी यादव, राजदेव यादव, लक्ष्मी साह, भोगेन्द्र प्रसाद यादव, ओमप्रकाश मण्डल, क्षेत्र नं ५ बाट महिला सदस्यमा सुमित्रा साह, बद्री प्रसाद साह, रामचन्द्र चौधरी, कृष्णदेव यादव, श्रवण चौधरी र क्षेत्र नं. ६ बाट महिला सदस्यमा जानकीदेवी यादव, भागवत प्रसाद यादव, कृष्णदेव यादव, इन्द्रदेव ठाकुर, हिरालाल यादव निर्वाचित हुनुभएको छ ।  
त्यसैगरि महासमिति सदस्यमा क्षेत्र नं १ बाट महिला सदस्यमा निरु पोखरेल (निर्विरोध), परशुराम चौधरी, हेमनारायण चौधरी, जितबहादुर श्रेष्ठ, बलराम मण्डल, क्षेत्र नं. २ बाट महिला सदस्यमा बिणादेवी यादवनी, रन्जित कर्ण, सनत कुमार मण्डल, विरवल बिराजी, रोजित शेख, क्षेत्र नं. ३ बाट महिला सदस्यमा मालती चौधरी, अनिल कुमार झा, सकलदेव सुतिहार, ध्रुव प्रसाद देव, मो. इरसाद, क्षेत्र नं. ४ मा सम्पूर्ण सदस्य निर्विरोध, क्षेत्र नं. ५ मा महिला सदस्य निर्विरोध, तेजुलाल चौधरी, सदरुल हक, मो. ताहिर, मनोज खड्का, क्षेत्र नं. ६ बाट महिला सदस्यमा अन्जना यादव, नारायण साह, शत्रुधन यादव, ध्रुव नारायण चौधरी, सुरेन्द्र प्रसाद यादव निर्वाचित हुनुभएको छ ।  
सम्पन्न निर्वाचनबाट ३३ सदस्यीय जिल्ला कार्य समितिको चयन भएको छ । निर्वाचन कुल १ हजार १ सय ९१ मतदातामध्ये १ हजार १ सय ६४ जनाले मतदान गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट