News Category 2072/11/15

आन्द्रा भूूडी बाहिरै निस्केको अनौठौं शिशुको जन्म

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ फागुन । 
सप्तरीका एक मुस्लिम महिलाले बिहीवार बिहान अनौठौं शिशुलाई जन्म दिएकी छिन् । 
जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर १० स्थित ठकपुर टोल निवासी मोहम्मद मञ्जुरकी १९ वर्षिया श्रीमती गुडिया खातुनले शुक्रबार बिहान आफ्नो पहिलो सन्तानको रुपमा आन्द्रा भूूडी निस्किएको उक्त शिशुलाई सामान्य अवस्थामै जन्म दिएकी हुन् ।
बुधबार राती व्यथाले च्यापिएपछि मोहनपुर उप–स्वास्थ्य चौकीमा प्रसुती गराउन गुडियालाई परिवारजनले लगेका थिए । त्यहाँ उनले आन्द्रा भूूडी बाहिर भएकै शिशु जन्म दिएकी स्वास्थ्यकर्मी सिनियिर अहेव हरिदेवप्रसाद भगतले जानकारी दिनुभयो । गर्भ रहेको समयमा नियमित चेकजाँचसँगै भिडियो एक्स–रे नगरेकाले शिशु जन्मिदा  आन्द्रा भूडी बाहिरै निस्किएको जनाइएको छ ।
जन्मेका उक्त शिशुको शरिरको अन्य भाग सामान्य रहेपनि मलद्वार र मुत्रद्वार नली बाहिर रहेको छ । यतिमात्रै नभई शिशुले दुध समेत चुस्ने गरेको छ । तर, शिशुको अवस्था विचित्रको रहेकोले बाँच्न सक्ने सम्भावना कम रहेको र परिवारजनले भरपर्दो उपचार गर्न नसक्ने भएकाले शिशुलाई हाल ठकपुरस्थित घरमै राखिएको छ । 
यसैबीच आन्द्रा भूूडी बाहिर निस्किएको शिशुलाई गुडिया खातुनले जन्मदिएपछि शिशु हेर्न उनको घरमा मानिसहरुको भिड लागेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट