News Category 2072/11/17

भारतबाट अवैध रुपमा भित्राउँदै गरेको पाँच लाख बराबरको कुखुरा बरामद

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 
भारतबाट अवैध रुपमा नेपाल भित्राईरहेको अवस्थामा प्रहरीले आईतबार अवैध कुखुरा बरामद गरेको छ । 
भारतबाट अवैध रुपमा नेपाल भित्राईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाले दुई वटा भ्यान सहित करिब पाँच लाख मुल्य बराबरको अवैध कुखुरा बरामद गरेको हो । 
सप्तरीको सिस्वा बेल्हीबाट खर्चुहिया तर्फ आउँदै गरेको अवस्थामा अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाको गस्ती टोलीले खर्चुहियाबाट को१ च ५६१३ तथा बा.७ प ३४६२ नम्बरको बोलेरो सहित करिब एक हजार कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ । 
यता श्रोतका अनुसार उक्त कुखुरा भारतबाट अवैध रुपमा चोरी तस्करी गरी नेपाल तर्फ भित्राईरहेकोृ अवस्थामा प्रहरीले बरामद गरेको छ । 
नाकाबन्दी खुलेपछि व्यवसाय बढ्ने अपेक्षा गरेका यहाँका किसानहरुलाई अवैध रुपमा भित्रिएका भारतीय कुखुराले गर्दा यहाँका किसानहरु मार्कामा परेका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट