News Category 2072/11/17

सरकारले आन्दोलनकारीको माग पुरा गरेन भने पछि अप्ठ्यारो हुन सक्छ ः महतो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, १६ फागुन ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारलाई अहिलेको समयलाई सदुपयोग गर्न सुझाव दिनुभएको छ । 
आइतबार काठमाडौंमा सदभावना पार्टी केन्द्रीय सम्पर्क समितिद्वारा आयोजित ‘जारी मधेश आन्दोलन के भावी कार्य दिशा’ अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष महतोले सरकारलाई सो सुझाव दिनु भएको हो । 
महतोले सरकारलाई मधेशी–थारुको माग पुरा गर्न अहिले सहज परिस्थिति रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा सरकारले आन्दोलनकारीको माग पुरा गरेन भने पछि अप्ठ्यारो हुन सक्ने चेतावनी दिनुभयो । उहाँले भननुभयो, “अहिले आन्दोलनकारीहरुले शक्ति संचय गरिरहेको छ । चैत बैशाखमा घनघोर आन्दोलन हुनेछ ।”
उहाँले मधेशमा जारी आन्दोलनलाई राष्ट्रिय आन्दोलन बनाउने क्रममा रहेको बताउनु भयो । मधेश आन्दोलन राष्ट्रिय आन्दोलन बन्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनको तयारीमा रहेको र त्यसै क्रममा सदभावना पार्टीले मेची–महाकाली हुलाकी यात्रा गर्न लागेको जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा मधेशका बुद्धिजिवि, राजनीतिकर्मी, पेसाकर्मी तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट