News Category 2072/11/20

नेपाली कांग्रेसको १३औं महाधिवेशन सभापतिमा चार जनाले उम्मेदवारी दिने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि चार जनाले सभापति पदमा बुधबार उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । जसमा तीन जनाले प्यानल बनाएर र एकजनाले एकल रुपमा सो पदमा उम्मेदवारी दिने जनाएका छन् । 
नेपाली कांग्रेसको सभापति पदका प्रवल दावेदार वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवलाई उम्मेदवार बनाउनु भएको छ । 
लामो समयसम्म संस्थापन समूहमा रहेका केसी यो पटक देउवा समूहका उम्मेदवार बनेका हुन् । कोषध्यक्षमा भने देउवा पक्षले चित्रलेखा यादवलाई नै दोर्होयाउने भएको छ । 
यस्तै वर्तमान महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिका लागि औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गर्दै महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम सार्वजनिक गर्नुभएकोे छ ।
यसैगरि नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै सशांक कोइरालालाई महामन्त्रीका रुपमा प्रस्तुत गर्नुभएको छ । उहाँले १३ औं महाधिवेशनका लागि घोषणा भएको प्यानलमा कोषाध्यक्ष भने कसैलाई तोक्नु भएको छैन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान महामन्त्री प्रकाशमान सिंहले पौडेललाई सभापति र कोइरालालाई महामन्त्री उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभएको थियो ।
यसअघि केन्द्रीय सदस्य सुजाता कोइरालाले बुधबार मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट