News Category 2072/11/20

प्रहरीद्वारा घरेलु मदिरा उत्पादनमा रोक

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीले ग्रामिण भेगमा अवैध रुपमा उत्पादित घरेलु मदिरा उत्पादनमा रोक लागाएको छ । 
गाउँघरमा महिलामाथि हुने लैङ्गिक हिंसा तथा अपराधिक घटना न्यूनिकरण गर्नको लागि अवैध रुपमा मदिरा उत्पादनमा रोक लगाएको प्रहरीले जनाएको छ ।
यसैगरि अवैघ रुपमा घरेलु मदिरा उत्पादन गर्नेलाई नियन्त्रणमा लिएर कार्वाही चलाउने गरेको प्रहरीले जनाएको छ । आफ्नो क्षेत्र अन्तर्गतको पिप्रापश्चिम र हर्दिया दुई गाविसमा अवैध मदिरा उत्पादनमा प्रहरीले रोक लगाएको हो । 
ईलाका प्रहरी कार्यालय भेडियाका प्रहरी नायव निरीक्षक अर्जुन गुरुङ्गले समाजमा ९० प्रतिशत घटना मदिराकै कारणले हुने गरेकोले अपराध नियन्त्रण गर्नको लगि मदिरा उत्पादनमा नै प्रतिबन्ध लगाएको बताउनुभयो । 
यसैबीच प्रहरीले उदयपुरको जलजलेबाट सिराहाको लहानमा तर्फ लुकाइछपाइ गरेर लगी रहेको अवस्थामा नियन्त्रणमा लिएको एक सय २० लिटर घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय भेडियाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट