News Category 2072/11/21

सप्तरीको सिडियोको सरुवा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सप्तरीमा आफ्नो तीन महिनाको कार्यकालमा ठूलो उपलब्धी प्राप्त गरेको बताउनुभएको छ ।  
आफ्नो तीन महिने कार्यकालको छोटो अवधीपछि सरुवा भएर गोरखा जाने क्रममा बिहीबार राजविराजमा संचारकर्मीहरुसँग भेटघाट गर्दै उहाँले जिल्लाबाट आफूले नचाहेर पनि जानु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । सप्तरी जिल्लाको सिडियोले सम्भवत आप्mनो सरुवा भएको समयमा पत्रकारहरुसँग भेटघाट गरेको पहिलो हो । 
उहाँले शुक्रबार सप्तरीबाट सरुवा भएर गोरखा जिल्ला प्रस्थान गर्नुहुने छ । विगत तीन महिनाको बसाईमा प्रजिअ भट्टले खेल्नुभएको भुमिका सराहनिय रहेको अवस्थामा शुक्रबार उहाँको बिदाई हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
जिल्ला प्रशासन कार्यालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफुलाई सप्तरीमा बस्ने मनसायी हुँदा हुँदै पनि गृह मन्त्रालयले आप्mनो सरुवा गोरखा गरेकोले आफु जान लागेको बताउनुभयो । उहाँको स्थानमा सप्तरीमा गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम प्रमुख जिल्ला अधिकारी भएर आउँदै हुनुहुन्छ ।
उहाँको बिदाई गर्ने क्रममा नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देव तथा पूर्व अध्यक्ष शिवहरि भट्टराईले माला लगाएर बिदाई गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट