News Category 2072/11/22

करिब ६ दशकपछि यूवाहरुको सक्रियतामा शिव मन्दिरले पायो नयाँ रुप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 
करिब ६ दशकदेखी मर्मत सम्भारको पखाईमा रहेको राजविराज १ स्थित हरिनन्देश्वर महादेव मन्दिर (शिव मन्दिर) लाई स्थानिय यूवाहरुको सक्रियतामा जिर्णोद्वार गरिएको छ । 
महाशिवरात्री पर्वको पूर्व सन्ध्यामा राजविराज ७ निवासी शंकर प्रसाद साह लगायत ३५ जना यूवाहरुले मन्दिरलाई मर्मत सम्भारका लागि सक्रियता देखाएका हुन् । करिब २६ दिनदेखी मन्दिरको कम्पाउण्ड, मन्दिर भित्र स्थापित रहेको शिवलिङको छेउछाउमा मार्वल, टायल्स र पर्खालहरुमा प्लाष्टिक पेन्टिङ, मन्दिर भित्रको सम्पूर्ण पर्खाल, भूई, छत लगायतमा मार्वल, टायल्स र पेन्टिङ, बत्ति बिजुली लगायतका कार्यहरु गरिएको छ । 
त्यस्तै मन्दिरमै रहेको महादेवको त्रिशुल समेतलाई ठूला पारिएको छ भने मन्दिरको आङनमा प्लाष्टर गरि सरसफाई गरिएको मन्दिर जिर्णोद्वारका व्यवस्थापक प्रशान्त झाले जानकारी दिनुभयो । 
यूवाहरुले आफ्नै प्रयासमा करिब ४ लाखको लागतमा सो सम्पूर्ण कार्य सम्पन्न गरेको मन्दिर मर्मत सम्भारका अगुवा यूवा साहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यस पटकको शिवरात्रीमा महादेव मन्दिरले नयाँ रुप पाउने छ र श्रद्धालुभक्तजनहरुले नयाँ व्यवस्थाका साथ पुजा गर्न पाउने छन् ।” 
मन्दिरले पुर्नःजन्म पाएको खुशि व्यक्त मन्दिरका मूल पुजारी एवं मन्दिरका संरक्षक राजेश्वर भारती सन्यासी खुशी हुँदै भन्नुभयो, “यो मन्दिरले ५८ वर्ष पछि जिवन दान पायो, यसका लागि सम्पूर्ण युवाहरुलाई म ह्दयदेखी  धन्यवाद दिन चाहन्छु ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट