News Category 2072/11/24

बसले म्याजिकलाई ठक्कर दिदा म्याजिक चालकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 
सप्तरीको राजविराज भारदह सडक खण्ड अन्तर्गत देउरी भरुवा गाविस १ स्थित सडक खण्डमा आइतबार दिउँसो बसले म्याजिक भ्यानलाई ठक्कर दिदा म्याजिकका चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 
राजविराजबाट भारदहतर्फ जाँदै गरेको ना ३ ख ५०२५ नम्बरको यात्रुबाहक बसले र बिपरित दिशाबाट आउँदै गरेको को १ ज १५५१ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिदा भ्यान चालक सप्तरीको बभनगामाकट्टी गाविस २ बस्ने २८ वर्षीय रमानन्द खत्वेको मृत्यु भएको हो ।
ठक्करबाट घाईते खत्वेको तत्काल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
घाइते भएका १३ जनामध्ये भारदह १ बस्ने ४५ वर्षीय विपिन कर्ण र जोगनिया ६ बस्ने २८ वर्षीय बलराम मण्डलको अबस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
यता विपिन कर्ण, जोगिनिया ६ का बलिराम मण्डल, फत्तेपुरका दिपेन्द्र साह, भगवति यादव, बनरझुलाका राम विनाय मुखिया लगायतकाहरु सामान्य घाइते भएका छन । उनीहरुको अंचल अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट