News Category 2072/11/25

३४ करोड बराबरको योजनाहरु खेलकुद मन्त्रीलाई बुझाइयो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले सप्तरीमा खेलकुद विकासको आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभएको छ । 
जिल्ला खेलकुद विकास समितिद्वारा सोमबार राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले सो प्रतिवद्धता जनाउनुभएको हो । 
उहाँले खेलकुद क्षेत्रलाई विकास गर्नुपर्ने आवश्यकता रहेकोले सप्तरीको खेलकुदलाई अगाडी बढाउनमा पुर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । 
यसैबिच राजरंगशलामा ११ हजार मानिसहरु अट्न सक्ने व्यवस्थाका साथ रंगशाला निर्माण, कबड हल निर्माण र टेबुल टेनिस कबड हल निर्माण लगायतका विभिन्न योजनासहित मन्त्री मण्डल समक्ष ३४ करोड बराबरको योजनाहरु जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डलले बुझाउँनुभयो । 
यसैबिच मन्त्री मण्डलले चालु आर्थिक वर्षमा २ करोड भन्दा बढीको आर्थिक सहयोग सप्तरीको खेलकुद विकासका साथै जिल्ला टेबुल टेनिसको कबड हल निर्माणको लागि ४० लाख रकम चालु आवमै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 
सोही कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शम्भु यादव, उपाध्यक्ष धिरेन्द्र वर्मा धिरु, भारतोलनका अन्र्तराष्ट्रिय खेलाडी पुन्तिलाल यादव सहितकाहरुले दोसल्लाह र मायाको चिनो प्रदान गर्नुभयो । 
यसअघि मदन भण्डारी फाउण्डेशन सप्तरीद्वारा राजविराजस्थित जिल्ला विकास समितिको सभाकक्षमा सोमबार आयोजित ‘बर्तमान नेपालको संविधानको प्रकाशमा समावेशीकरण र आर्थिक सामाजिक समृद्धि’ विषयक विचार गोष्ठिमा मन्त्री मण्डलले मधेस र मधेसीका नाममा मुठ्ठीभर मानिसहरुले सम्पूर्ण पद र अवसर लिइरहेको दावी गर्नुभयो । 
मन्त्री मण्डलले दुई लाख ३० हजार जनसंख्या भएको मधेसका उच्च जातीहरुले मधेसको नाममा अन्य ८५ प्रतिशत मधेसीहरुको भाग खाई भ्रमको खेती गरेको आरोप लगाउनुभयो । अतिवादको खेती गर्नेहरुबाट सावधान रहन अपील गर्दै उनले मधेसी मोर्चाको अव्यावहारिक र अवैज्ञानिक माग मधेस र देश दुबैको अहितमा रहेको दाबी गर्नुभयो ।
  विभिन्न देशको संविधानको तुलनात्मक अध्ययन गर्नेहरुले नेपालको संविधानलाई उत्कृष्ठ रहेको बताएको मण्डलले जनाउनुभयो ।
फाउण्डेशनका संयोजक रामलखन मुखियाको अध्यक्षतामा सम्पन्न गोष्ठिमा लोकसेवा आयोगका सदस्य अशोक झा, राष्टिूय योजना आयोगका सदस्य प्रा. डा. कामानन्द देव, एमाले पोलिटब्युरो सदस्य रामप्रित पासवान, केन्द्रीय सदस्य सुमनराज प्याकुरेल र जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले मन्तव्य राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट