News Category 2072/11/26

काँग्रेस सभापतिमा शेरबहादुर, महामन्त्रीमा सशांक र कोषाध्यक्षमा सीतादेवी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
नेपाली काँग्रेसको सम्पन्न १३औं महाधिवेशनबाट सभापतिमा शेर बहादुर देउवा, महामन्त्रीमा डा. सशांक कोइराला र कोषाध्यक्षमा सितादेवी यादव बिजयी हुनुभएको छ । 
दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतको अन्तरले हराउँदै देउवा सभापति बन्नुभएको हो ।
सोमबार राति सकिएको मतगणना परिणामअनुसार देउवाले १८२२ मत प्राप्त गध स्र्नुभयो भने पौडेलले १२९६ मत ल्याउनुभयो । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुनःनिर्वाचन भएको हो । 
५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार देउवाले पहिलो चरणमा आवश्यक बहुमत सकेनन् । त्यसैले सोमबार भएको दोस्रो चरणको मतदानबाट देउवा सभापति चुनिनु भएको हो । 
यस्तै कांग्रेस महामन्त्रीमा सशांक कोइराला निर्वाचित हुनुभएको छ । उहाँले  अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै महामन्त्री निर्वाचित हुनुभयो । उहाँ रामचन्द्र पौडेल समूहबाट चुनाव लड्नु भएको थियो । कोइरालाले १३४७ मत ल्याउनु भएको छ भने केसीले ९८३ र अर्का उम्मेदवार गगण थापाले ५३७ मत प्राप्त गर्नुभयो । सशांक कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा हुन् । 
यस्तै पौडेल समूहकै कोषाध्यक्षमा सीतादेवी यादव कोषाध्यक्षमा बिजयी हुनु भएको छ । उहाँले देउवा पक्षका निवर्तमान कोषाध्यक्ष चित्रलेखा यादवलाई ८ मतको अन्तरले हराउनु भएको हो । 
उहाँले १२१७ मत ल्याउनु भयो भने पराजित चित्रलेखा यादवले १२०९ मत प्राप्त गर्नुभयो । यता केन्द्रिय सदस्यहरुको मतगणना बुधबारदेखी सुरु हुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट