News Category 2072/11/26

महिला फोरमको जिल्ला कार्य समिति गठन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ फागुन । 
संघिय समाजवादी फोरम नेपालको सप्तरी जिल्ला पार्टी कार्यालयमा मंगलबार महिलाहरुको जिल्ला भेला सम्पन्न भएको छ ।
फोरम नेपालकी जिल्ला कमिटि सदस्य सुनिता साहको अध्यक्षता तथा पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा फोरम नेपालका केन्द्रिय सदस्य चित्त नारायण यादव, जिल्ला अध्यक्ष दिनेश यादव, सह सचिव उपेन्द्र साह, सदस्यहरु केदार प्रसाद यादव, उज्वल चौधरी, रामेश्वर यादव, प्रभु नारायण यादव, क्षेत्र न. ५ का क्षेत्रिय अध्यक्ष अयुव राईन सहितकाहरुले महिलाहरु जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।
उक्त भेलाले गिता यादवको अध्यक्षतमा १९ सदस्यीय संघिय समाजवादी महिला फोरम नेपालको जिल्ला कार्य समिति गठन गरिएको छ ।
गठित समितिका सदस्यहरुमा क्रमश रमिला साह, सुचिता यादव, गुलजारी यादव, बिमला खंग, मिरा सिंह, कमली देवी राय, प्रेमसिला कर्ण, रसना यादव, ललिता सदा, सिबो देवी शर्मा, आशा यादव, प्रमिला यादव, सुनिता यादव, नाजो खातुन, सुमित्रा साह, भुटुन मण्डल, खरुल खातुन र दयावति यादव रहेको संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट