News Category 2072/11/26

दलितबस्तीका अग्निपीडितलाई कम्बल प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ फागुन । 
सप्तरीको फर्सैठ गाविसका अग्निपीडितहरुलाई न्यानो संसार अभियानले मंगलबार कम्बल सहयोग गरेको छ ।
हेल्पीङ हेण्डको सहयोग र कल्याण पोष्ट दैनिक तथा रेडक्रस राजविराज उपशाखाको संयोजनमा त्यहाँको अग्निपीडितलाई कम्बल वितरण गरेको हो ।
अग्निपीडितहरुलाई हेल्पीङ्ग हेण्ड सप्तरीका संयोजक एंव कल्याण पोष्ट दैनिकका सह–सम्पादक ध्रुवकुमार मण्डल, रेडक्रस उपशाखा सभापति वैद्यथान झा, उपशाखा कोषाध्यक्ष एंव रेडक्रस शाखा सप्तरी सदस्य माला कर्णले कम्बल वितरण गर्नुभएको थियो ।
आइतबार राति फसैठ गाविस–६ का रामसेवक खङको पुजा कोठामा बालेको दियोबाट आगो सल्केर भएको आगलागिले सो ठाउँका रासेव र कृष्णा खंगको घर लगायत सम्पूर्ण सामान, एकल महिला करयाही  देवी खंग र मेदनी देवी खंगको र बौवा लाल यादव र श्रीलाल यादवको गाई गोठ पूर्णरुपले जलेर नष्ट भएको थियो ।
आगलागीमा परी घरका सम्पूर्ण सामाग्रि नष्ट भएका रामसेवक खंगलाई स्थानीय समाजसेवी सत्यनारायण मण्डलले खाद्यान्न तथा ओढ्ने ओछाउने कपडा उपलब्ध गराउनु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट