News Category 2072/11/27

घुुस लिँदालिँदै प्रहरी निरिक्षक र जवान अख्तियाद्वारा पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित कडोरवोना इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक र प्रहरी जवानलाई घुुसलिँदा लिँदै बुधबार पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा प्रहरी निरिक्षक प्रेम बहादुर थापा र उनका सहयोगी सादा पोसाकका प्रहरी जवान अशोक कुमार यादव रहेका छन् ।
दुर्घटनाको मुद्दा मिलाइ दिन डेढ लाख घुस माग गरेको सूचना पाएपछि अख्तियारले फागुन २२ गतेदेखी नै उनीहरुलाई निगरानीमा राखेको अख्तियार श्रोतले बताएको छ ।
यता उनीहरुले सार्वजनिक विदाको दिन बनाइ उक्त रकम लिने सहमती भएको सुचना पाए पछि अख्तियारले वुधवार दिउँसो इलाका प्रहरी कार्यालय कडरवोनामा छापा मारि कार्यालयमै घुस लिदा लिदै पक्राउ गरेको हो । 
अख्तियार आएको प्रहरी निरिक्षक थापाले सूचना पाउने बित्तिकै घुस वापतको उक्त रकम प्रहरी जवान यादवलाई भान्सामा लुकाउन लगाएको र सोहि अनुसार खानतलासी गर्दा भान्सा कोठामा रकम भेटिएको अख्तियारले जनाएको छ ।
यता अख्तियारका पुर्वाञ्चल क्षेत्रिय प्रमुख डुल्लुराज बस्नेतले पक्राउ परेका दुवै जनालाई अख्तियारको पुर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीमा राखिएको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट