News Category 2072/11/27

नेपाली सेनालाई मधेशीले हराउनेछ ः तिवारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको वक्तव्यको विरोध गर्नुभएको छ । 
उहाँले नेपाली सेना मधेशीसँग हार्ने समेत बताउनुभएको छ । अध्यक्ष तिवारीले मधेशीहरु अधिकारको लडाईमा रहेकोले अधिकारको लडाईलाई दबाउन खोज्ने नेपाली सेना मधेशीसँग पराजित हुने बताउनुभएको हो ।
उहाँले मधेश मुक्तिका लागि मधेशीहरु नेपाल सेनासँग पनि भिड्न तयार रहेको बताउँदै मधेशीहरु बलिदानी दिनबाट पछि नहट्ने चेतावनी दिनुभयो ।
प्रधानसेनापतिको अभिव्यक्ति गैरजिम्मेबार भएको भन्दै नेपाली सेनाले धम्कीपूर्ण भाषाको प्रयोग गर्नु देशका लागि घातक हुने तिवारीले उल्लेख गर्नुभयो ।
साथै नेपाली सेनाको यस्तो हर्कत बारे छानविन गरी कारवाहीको दायरमा ल्याउन तिवारीले माँगसमेत गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट