News Category 2072/11/28

सवारी दुर्घटनामा एकको मृत्यु, सात घाईते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
सप्तरीको योगिनियाँ माई हनुमानगर नगरपालिका (तत्कालिन १ नं. योगिनिया) सडक खण्डमा बिहीबार सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने सात घाईते भएका छन् । 
तरकारी बोकेको को.१ च ७७०५ नम्बरको पिकअप गाडी राजविराजतर्फ आउने क्रममा ब्रेक फेल भई सडकमा पल्टिदा योगनिया ४ बस्ने ४५ बर्षिय रामेश्वर साहको उपचारको लागी स्थानिय अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते हुनेमा चालक जिल्ला मोरङ थलाहा ८ बस्ने ४५ बर्षिय मनोज चमार, सप्तरी १ नं. योगनिया ४ बस्ने ४५ बर्षिय रामेश्वर साह, हनुमाननगर ८ बस्ने ५५ बर्षिय नारद दास, वडा नम्बर ५ बस्ने बुधन मेहता, सोहि स्थान बस्ने ४८ बर्षिय सुरेन्द्र दास र पप्पु दास रहेका छन् । 
घाइते भएकाहरुलाई उपाचारका लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पलात र बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट