News Category 2072/12/01

प्रचण्डलाई कालो झण्डा देखाउने पूर्वमन्त्रीसहित पाँच पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सिरहा, ३० फागुन । 
जिविस सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथि भएर आउनुभएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विरोध गर्ने क्रममा मधेसी मोर्चाका नेताहरुमाथि सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेका छन् । 
प्रचण्ड मधेस विरोधी भएको भन्दै कार्यक्रम स्थल जिविसको समिक्षा हलमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । 
कार्यक्रममा हस्तक्षेप गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा पूर्व विनाविभागीय मन्त्री राजलाल यादवसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै अन्य पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव प्रयाग यादब, फोरम नेता कप्लेश्वर यादब, नविन यादब लगायतका छन् । 
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहा लगेको छ । कार्यक्रममा प्रचण्डको विरोध गर्दा तैनाथ सुरक्षाकर्मीहरुले पूर्वमन्त्री यादबसहितका फोरमका नेताहरुलाई कुटपिट गर्दै नियन्त्रणमा लिएका थिए । 
उनीहरुले कुर्सी समेत प्रचण्डमाथि फ्याक्ने प्रयास गरेका थिए । तर सुरक्षाकर्मीहरुले रोकेका थिए । कुर्सी फाल्न लाग्दा प्रचण्डलाई सुरक्षाकर्मीहरुले घेरा हालेर बचाएका थिए । प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद हुन् । उहाँसंविधान जारी हुनुभन्दा अगाडी सुझाव संकलनका क्रममा मिर्चैया आउँदा मोर्चाका नेता तथा कार्यकर्ताहरुले लखेटेर भगाएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट