News Category 2072/12/01

आगलागिबाट २० लाखको क्षति तीन चौपाया मरे

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 
सप्तरीको लौनिया गाविसमा शनिबार राति आगलागी हुँदा करिब २० लाख मुल्य बराबरको क्षति भएको छ ।
लौनिया गाविस ८ का समसुरी मन्सुरीको घरबाट अचानक सल्केको आगलागीमा परी मन्सुरीको दुई वटा घर, इस्लाम मन्सुरीको दुई वटा घर, आखुप मन्सुरीको दुई घर, कलिम मन्सुरी, बाबुद मन्सुरीको एक घर तथा घरमा रहेका सम्पुर्ण सर समान जलेर सो मुसल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यस्तै सो आगलागीमा गाई १ थान, गाईको बच्चा, खसी, बाख्रा लगायतका पशु चौपाया समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
आगलागी स्थानीयबासी, सशस्त्र तथा जनपद प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट