News Category 2072/12/04

पुनरावेदन बारमा प्रगतिशिलका पोखरेल र प्रजातान्त्रिकका यादवबीच प्रतिष्पर्धा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
पुनरावेदन वार एशोसिएशन राजविराजको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । 
प्रगतिशिल पक्षधरका तर्फबाट उम्मेदवार कानुन ब्यवसायी सुजित कुमार पोखरेल र प्रजातान्त्रिक पक्षधरका तर्फबाट  विजय कुमार यादवले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । 
पोखरेल समुहबाट उपाध्यमा पार्वती कुमारी जोशी थारु, सचिवमा मनोज देव र कोषाध्यक्षमा उमाशंकर देवले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सदस्यहरुमा प्रेम कुमार आले, मिथिलेशचन्द्र लाभ, प्रदिप कुमार मण्डल, ऋषिनारायण देव, अम्विका चौधरी (महिला सदस्य निर्विरोध), राजकुमार तरैत, वालकृष्ण कार्की, अनिल झा र रामनारायण चौधरीले उम्मेदवारी दिनुभएको छ । 
सोही प्यानलवाट पार्षदहरुमा शतिश कुमार राय, श्याम पोखरेल, सन्तोष राज ढकाल, पञ्चदेव यादव, देव वहादुर कट्वाल, देवनारायण मण्डल, सुरेन्द्रप्रसाद साह र मो. समिम अफतर अलिले उम्मेदवारी दिनु भएको छ ।
त्यस्तै प्रजातान्त्रिक समूहबाट उम्मेदवार कानुन व्यवसायी विजय कुमार यादवको प्यानलवाट उपाध्यक्षमा नरेन्द्र भट्टराई, सचिवमा विमलकुमार साह र कोषाध्यक्षमा वोधकृष्ण भगतले उम्मेदवारी दिनुभएको छ । 
सो प्यानलवाट सदस्य पदमा उपेन्द्र यादव, किसुनदेव ठाकुर, शंकर राय, शिवनारायण यादव, राजकुमार साह, नन्दकिशोर यादव, लक्ष्मण ठाकुर र रामप्रसाद रायले उम्मेदवारी दिनु भएको छ ।
सोहि प्यानलवाट पार्षदहरुमा ललितेश्वर गुप्ता देवनारायण यादव (छप्की), सत्यनारायण यादव, अशोक कुमार झा, रणधिरकुमार कर्ण, चिरन्जीवी लाल देव, निकुन्तनारायण झा र देव नारायण चौधरीले उम्मेदवारी दिनुभएको छ ।
पुनरावेदन बार एशोसिएशनमा कुल २ सय २ मतदाता रहेको निर्वाचन अधिकृत शिवकुमार चौधरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट