News Category 2072/12/08

मोर्चाद्वारा नेपालको संविधान २०७२ जारी गर्ने सभासद्हरुको पुतला दहन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
मधेशी मोर्चा सप्तरीले होलीको पूर्व सन्ध्यामा आइतबार नेपालको संविधान २०७२ जारी गर्न हस्ताक्षर गर्ने सभासद्हरुको पुतला दहन गरेको छ । 
संविधान जारि गर्न हस्ताक्षर गर्ने सभासदहरुलाई मधेश विरोधी भन्दै उनीहरुको पुतला बनाएर होलीको पूर्व सन्ध्यामा होलिका दहन गरेको मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलले बताउनुभयो । 
स्थानिय शिव मन्दिरको प्राङणबाट सभासद्हरुको एउटै पुतला बनाएर राजविराज नगर परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुतला दहन गरेका हुन् ।
सो कार्यक्रममा मधेशी मोर्चा सप्तरीसँग आवद्ध सम्पूर्ण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको केन्द्रिय संघर्षका कार्यक्रमहरु अन्तरगत होलीका दहन गरिएको हो । 
यसैबिच सप्तरीको रम्पुरा मल्हनिया गाविसमा समेत होलिका दहन गरिएको छ । 
जिल्लाको रम्पुरा मल्हनिया गाविस स्थित कुनौली बोर्डरमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितकाहरुको नेताहरुको पुत्ला दहन गरिएको हो ।
स्थानीय शिब नारायण यादवको नेतृत्वमा तथा सत्रुधन यादव, बालेश्वर यादव लगायतकाहरुको उपस्थितिमा होलिका दहन गरिएको सदभावना पार्टी क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट